एमालेले उदयपुरका ८ वटा स्थानीय तहमा उम्मेदवार टुंग्यायाे

file photo
file photo

एमाले उदयपुरले आसन्न ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आठ वटै स्थानीय तहमा उम्मेदवारी टुंगाे लगाएको छ।

त्यसैगरी बेलका नगरपालिकामा नगर प्रमुखमा दुर्गाकुमार थापा (स्वतिक) उप प्रमुखमा जिरा राईलाई उठाइने भएकाे छ। चौदण्डीगढी नगरपालिकामा नगर प्रमुखमा कालुमान लामा र उपप्रमुखमा मनिकादेवी दुलालको नाम टुंगो लगाएको छ।

त्रियुगा नगरपालिकामा नगर प्रमुख भागवत राउत उपप्रमुखमा महेश्वरी राईले टिकट पाएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष परमेश्वर घिमिरेले जानकारी दिए।

त्यस्तै कटारी नगरपालिकामा पुरानै नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ ‘काजी’लाई पुनःमेयरमा टिकट दिएको छ भने उपप्रमुखमा गीता खड्काको नाम टुंगाे लगाएको छ।

रौतामाई गाउँपालिकामा अध्यक्षमा भरतबहादुर थापा र उपाध्यक्षमा पुरानै उपाध्यक्ष कुमारीज्यू ठकुरीको नाममा टुंगाे लगाएको छ। उदयपुरगढी गाउँपालिकामा अध्यक्षमा गोपाल खत्री र उपाध्यक्षमा कुमारी घले मगरलाई टिकट दिइएको छ।

त्यसैगरी ताप्ली गाउँपालिकामा बाबुराम राईलाई अध्यक्षको टिकट दिइएको छ भने उपाध्यक्षमा हालको अध्यक्ष उद्धबसिंह थापाको श्रीमती मनकुमारी थापालाई टिकट दिइएको छ।

लिम्चुङबुङ गाउँपालिकामा राजकुमार राईलाई अध्यक्षको टिकट दिइएको छ भने उपाध्यक्षमा देवकुमारी कार्कीलाई दिइएको छ। उदयपुरमा एमालेले बेलका र कटारीमा पुरानैलाई टिकट दिएका छन भने अन्य छ पालिकामा नयाँ अनुहार ल्याएको छ। 

प्रकाशित मिति: : 2022-04-24 10:58:00

प्रतिकृया दिनुहोस्