पोखरा महानगरपालिकामा कांग्रेसका बागी उम्मेद्वारले गरे मनाेनयन दर्ता  

नेपाली कांग्रेसले गरेको गठबन्धनको विरोध गर्दै पोखरा महानगरमा बागी उम्मेद्वारी परेको छ।

पार्टी नेतृत्वले रुखमा छाप लाउने बाटोमा अवरोध गरेको आरोप लगाउँदै पोखरा १४ का क्षत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन्।

केन्द्रीय नेतृत्वले गरेको गलत कदमको विरुद्ध आफूले उम्मेद्वारी दर्ता गरेको कार्कीले बताए। ‘सिण्डिकेट लागू गर्‍यो। हामी कांग्रेसी हो। हामीले कसलाई भोट हाल्ने ?,’ उनले भने, ‘गोरखामा आँखामा भोट हाल्नु भन्छन्, मकवानपुरमा गाईमा भोट हाल भन्छन्, चितवनमा हँसिया हथौडामा भोट हाल भन्छन्। अहिले कलममा भोट हाल भनेका छन्। अब हामीले रुखमा भोट हाल्दा पनि कारबाही भोग्नुपर्ने ?’

कार्कीले पार्टीभित्र विद्रोहका लागि अघि बढेको बताए। ‘मिलेर पद लिने हो भने ६० अर्व चुनावी खर्च किन गर्नुपर्‍यो ? मिलेर पद बाँड्दा भैगो त,’ उनले अघि थपे, ‘दलीय व्यवस्थामा दलीय प्रतिस्पर्धा हुनुपर्छ। मिलेर जाने होइन। यस्तो संसारमै भएको छैन।’

प्रकाशित मिति: : 2022-04-24 13:01:00

प्रतिकृया दिनुहोस्