भरतपुर महानगरपालिकाको प्रमुखमा सात जनाको मनोनयन दर्ता, चार स्वतन्त्र

File photo
File photo

चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदमा सात जनाले मनोनयन दर्ता गराएका छन्। उनीहरूमध्ये तीन जनाले राजनीतिक दल र चार जनाले स्वतन्त्रतर्फबाट मनोनयन दर्ता गराएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सूचना अधिकारी पुरुषोत्तम पौडेलले प्रमुख पदमा नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवाल, राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ र मंगोल नेश्नल अर्गनाइजेसनबाट टेकबहादुर पुनले मनोनयन दर्ता गराएको बताए।

स्वतन्त्रतर्फबाट रुद्रप्रसाद सापकोटा, मोहित पाण्डे, यमकान्त शर्मा कँडेल र रामकृष्ण ओझाले पनि मनोनयन दर्ता गराएका हुन्। 

पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल, नेकपा एमालेका विजय सुवेदीलगायतले भने मनोनयन दर्ता गराउन बाँकी नै छ। मनोनयन दर्ताको समय सोमबार बेलुकी ५ बजेसम्म छ। 

प्रकाशित मिति: : 2022-04-24 14:21:00

प्रतिकृया दिनुहोस्