पोखरामा ४७ जनाको उम्मेदवारी दर्ता : मेयरमा १० र उपमेयरमा २ जना

उम्मेदवारी दर्ताको पहिलो दिन पोखरमा ४७ जनाको उम्मेदवारी दर्ता भएको छ। जसमध्ये पोखरा महानगर प्रमुखमा १० जना र उपमेयरमा २ जनाको उम्मेदवारी परेको छ।

मेयर पदका लागि उम्मेदवारी दर्ता गराउनेमध्ये ६ जना मेयरका उम्मेदवार स्वतन्त्रबाट दर्ता गराएका छन्। बाँकी ४ जना राजनीतिक दलका उम्मेदवार हुन्।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनको कार्यतालिका अनुसार आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ताका लागि समय तोकेको छ।

उम्मेदवारी दर्ताको पहिलो दिन आइतबार स्वतन्त्रबाट मेयरमा गनेस पौडेल, विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला र किशानसिंह गुरूङले स्वतन्त्र तर्फउ मेयरमा उम्मेदवारी दिएका छन्।

राजनीतिक दलमध्ये मौलिक जराकिलो पार्टीबाट संजय तिमिल्सिना, सचेत नेपाली पार्टीबाट भोजराज खनाल, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमप्रसाद गुरुङ र नेपाल जनता दलबाट मुक्तिनाथ सुवेदीको पोखरा महानगर मेयरमा उम्मेदवारी दर्ता गराएका छन्।

उपमेयरमा सचेत नेपाली पार्टीबाट सोनी परियार र मंगोल नेशनल अर्गनाइजेसनबाट रामबहादुर तामाङले उम्मेदवारी दिएका छन्।

बाँकी उम्मेदवार वडा तर्फका छन्। सत्तारुढ गठबन्धन र प्रमुख प्रतीपक्षीको भने भोलि मात्रै उम्मेदवारी दर्ता गराउने छन्।

प्रकाशित मिति: : 2022-04-24 17:49:00

प्रतिकृया दिनुहोस्