विराटनगर महानगरमा ५६ जनाको उम्मेदवारी दर्ता

विराटनगर महानगरपालिकामा विभिन्न राजनीति दलका ५६ जनाले महानगर प्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा जनमत पार्टीबाट प्रमुख पदमा अरुणकुमार मण्डल, स्वतन्त्रबाट उमेशकुमार यादव र सक्रिय गौतमले उम्मेदवारी दर्ता गराएका हुन्।

कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार वडाध्यक्षमा १८ र सदस्यमा ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

उम्मेदवारी दर्ता गराउने राजनीतिक दलमा जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल सद्भावना पार्टी, विवेकशील साझा पार्टी, पिछडा वर्ग, निषाद, दलित, जनजाति पार्टी र नागरिक उन्मुक्ति पार्टी छन्।

प्रकाशित मिति: : 2022-04-24 21:31:00

प्रतिकृया दिनुहोस्