पाँच दलीय गठबन्धनको तर्फबाट काठमाडौंकाे चन्द्रागिरि नगरपालिकामा राष्ट्रिय जनमोर्चाले उपप्रमुख पद पाएको छ।
सोमबार बसेको पाँच दलीय गठबन्धनको बैठकले चन्द्रागिरिमा उपप्रमुख जनमोर्चालाई दिने सहमति गरेको राजमो उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्।
राष्ट्रिय जनमोर्चाका नेता रोसन दानी उपप्रमुखको उम्मेदवार बनेका हुन्। नगर प्रमुखमा भने नेपाली कांग्रेसले उम्मेदवारी दिने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरुको बैठक चलिरहेको छ।