गठबन्धनले गरिखाला ?

अनलाइनखबर

काठमाडौं

देशमा चुनावी माहोल तातेको छ । दलहरूले विगतमा जस्तै चुनावी घोषणापत्र तयार गरिसकेका छन् । नेताहरू ती घोषणापत्र बोकेर गाउँ-टोल पस्ने तरखर गर्दैछन् । अब फेरि गाउँ बस्तीमा विकासे व्याख्यानको बाढी आउनेछ । सबै नेताले आ-आफ्ना भाषणले देशलाई झिलिमिली पार्नेछन् । आम नेपाली अबका केही साता त्यस्तै झिलिमिली गफ सुनेर मक्ख पर्नेछन्  ।

हिजो के कस्ता घोषणापत्र जारी गरिए ? ती कति पूरा भए ? विकासका नाममा भइरहेका क्रियाकलाप कति सही छन् ? दलको घोषणापत्र मुलुकको आजको आवश्यकता र ठोस तथ्याङ्कमा आधारित छ कि छैन ? घोषणापत्र आधुनिक विज्ञान र दिगो विकासको मूल्य-मान्यतामा आधारित छ कि छैन ? यी सवाल सायद कसैले उठाउने छैन ।

यसपालिको चुनावमा केही फरक परिदृश्यहरू पनि छन् । अत्यधिक बहुमत पाएर सरकार बनाएको दल (तत्कालीन ने.क.पा.) फुटेर तीन टुक्रा भएको छ । फुटेका दुई टुक्राले तत्कालीन ने.क.पा. को सरकार ढालेर तत्कालीन प्रमुख प्रतिपक्षी र अन्य दुई दलसँग मिलेर सरकार गठन गरेका छन् । यो सत्तारुढ गठबन्धनले स्थानीय चुनावमा पनि मिलेर जाने दाबी गरिरहेको छ। उता प्रतिपक्षीमा फेरिएको दल (एमाले) ले पनि राप्रपा लगायत दलसँग चुनावी गठबन्धन बनाएको छ ।

यसले थप केही प्रश्न उब्जाएको छ । गठबन्धनको अभ्यास कति प्रभावकारी होला ? चुनावी परिणाममा कुन गठबन्धन अगाडि आउला ? यस्ता सवालमा अड्कलबाजी सुरु भइसकेको छ । यी सवालको जवाफका लागि त चुनावको मितिसम्म नै कुर्नुपर्ला । यद्यपि केही कुरा अहिले नै भन्न सकिन्छ ।

प्रकाशित मिति: : 2022-04-25 13:08:00

प्रतिकृया दिनुहोस्