सल्यानमा बहालवाला वडाध्यक्षले बागी उम्मेदवारी दिएका छन्।
बागचौर नगरपालिका १० का वडाध्यक्ष कृष्ण खड्काले स्वतन्त्रबाट पुन: वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।
उनी नेकपा माओवादी केन्द्र बागचौर नगरकमिटी सदस्य हुन्। ०७४ मा उनी माओवादीबाटै वडाध्यक्षमा निर्वाचित भएका थिए।
माओवादीले यो वडामा अर्कैलाई उम्मेदवारी बनाउने भएपछि रुष्ट बनेका उनले बागी उम्मेदवारी दिएका हुन्।