डोल्पाको शे–फोक्सुण्डोमा एमालेका धाव सम्डुक गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित

Breaknlinks
Breaknlinks

डोल्पाको शे–फोक्सुण्डो गाँउपालिका अध्यक्षमा नेकपा (एमाले)का धाव सम्डुक गुरुङ निर्विरोध निर्वाचित भएका छन्। 

उनी नेकपा एमाले डोल्पाको उपसचिव समेत हुन्। 

गाउँपालिकामा अध्यक्षमा एमालेका गुरूङबाहेक कसैको पनि उम्मेदवारी परेकाे छैन। नवनिर्वाचित अध्यक्ष गुरूङका अनुसार वडा नम्बर १ मा जिग्मे छोइङ नोर्बु लामाको प्यानल नै निर्विरोध भएको छ।

त्यस्तै वडा–३ मा पेम्मा ग्रिमेत गुरुङको प्यानल नै निर्विरोध भएको छ। वडा–५ मा कार्मा तार्के गुरुङको प्यानल नै निर्विरोध भएको छ।

वडा–६ मा रिग्जिन गुरुङको प्यानल नै निर्विरोध भएको छ। वडा–७ मा  पेम्मा छिरिङ गुरुङको प्यानल नै निर्विरोध भएको छ।

त्यस्तै वडा–९ मा लार्के लामाको प्यानल नै निर्विरोध भएको छ।

प्रकाशित मिति: : 2022-04-25 19:11:00

प्रतिकृया दिनुहोस्