स्वर्गद्वारीमा गठबन्धन दलबीच चुनावी तालमेल : मेयरमा काँग्रेस, उपमेयरमा जनमाेर्चा

प्युठानको स्वर्गद्वारी नगरपालिकामा गठबन्धनभित्रका राष्ट्रिय जनमोर्चा, नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ। 

गठबन्धन दलको सहमति अनुसार कांग्रेसले मेयर र उपमेयर राष्ट्रिय जनमोर्चाले पाएको छ।

नगरपालिकाको मेयरमा टेकराज भण्डारी र उपमेयरमा मिनराज रानाले उमेरदवारीरी दिएका छन् भने वडा तहमा जनमोर्चाले ४ वटा, माओवादीले २ वटा वडा र नेपाली कांग्रेसले ३ वटा वडा अध्यक्षमा उमेरदवारी दर्ता गराएका छन्। 

उनीहरूले केही समयअघि मुख्य निर्वाचन अधिकारीको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

प्रकाशित मिति: : 2022-04-25 20:38:00

प्रतिकृया दिनुहोस्