बागलुङको जैमिनिमा गठबन्धन दलबीच चुनावी तालमेल: मेयरमा जनमोर्चा, उपमेयरमा कांग्रेस

बागलुङको जैमिनि नगरपालिकामा गठबन्धनभित्रका राष्ट्रिय जनमोर्चा, नेपाली कांग्रेस, माओवादी केन्द्र र समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ। 

गठबन्धन दलको सहमतिअनुसार राष्ट्रिय जनमोर्चाले मेयर र नेपाली कांग्रेसले उपमेयर पाएको छ।

नगरपालिकाको मेयरमा नरबहादुर पुन र  उपमेयरमा हरिहर शर्माले उम्मेदवारी दिएका छन् भने वडा तहमा नेपाली कांग्रेसले ५ जनमोर्चाले २ वटा, माओवादीले २ वटा वडा र समाजवादीले १ वटा वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। 

उनीहरूले केही समयअघि मुख्य निर्वाचन अधिकारीको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

प्रकाशित मिति: : 2022-04-25 21:04:00

प्रतिकृया दिनुहोस्