भरतपुर महानगर : बागीकै डर, बागीकै भर

अनलाइनखबर

काठमाडौँ

भरतपुर महानगरपालिका, चितवनमा यसपटक पनि स्थानीय तहको निर्वाचन पेचिलो बन्ने देखिएको छ । निर्वाचनको औपचारिक माहौल सोमबारबाट सुरु भएसँगै मेयर पदमा प्रमुख दुई उम्मेदवार विजय सुवेदी र रेनु दाहालबीचको प्रतिस्पर्धा रोचक र जटिल हुने विश्लेषण हुन थालेको छ ।

अघिल्लो पटकको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका देवी ज्ञवाली र कांग्रेस-माओवादी केन्द्र गठवन्धनबाट उम्मेदवार रहेकी रेनु दाहालका बीचमा भएको प्रतिस्पर्धाले साराको ध्यान खिचेको थियो । उक्त निर्वाचनमा एमाले उम्मेदवार ज्ञवाली, दाहालसँग २०३ मतको झिनो अन्तरले पराजित भएका थिए ।

प्रकाशित मिति: : 2022-04-26 18:51:00

प्रतिकृया दिनुहोस्