खोटाङमा ४१५ जनप्रतिनिधिका लागि एक हजार ३३० जनाको उम्मेदवारी 

खोटाङका १० स्थानीय तहको ४१५ जनप्रतिनिधिका लागि एक हजार ३३० जनाको उम्मेद्‌वारी परेको छ।

दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडाका लागि एक हजार ३३० जनाको उम्मेदवारी दर्ता भएको हो।

१० जना अध्यक्ष/प्रमुखका लागि ४६ जना र १० उपाध्यक्ष/उपप्रमुखका लागि ३६ जनाको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्र राईले बताए।

७९ वडाध्यक्षका लागि २९५ जनाको उम्मेद्वारी परेको छ। यस्तै, हरेक वडामा दुई जनाका दरले निर्वाचित हुने १५८ खुला सदस्यका लागि ४९७ जना, ७९ जना महिला वडा सदस्यका लागि २३४ र ७९ जना दलित महिला सदस्यका लागि २२२ जनाको मनोनयन दर्ता भएको छ।

प्रकाशित मिति: : 2022-04-28 11:56:00

प्रतिकृया दिनुहोस्