'अटेरी' समूहले फिर्ता पायाे खोसिएको 'लौरो'

'अटेरी' समूह पाेखराले मुख्य निर्वाचन अधिकृतको कार्यालयअघि प्रदर्शन गरेपछि चुनाव चिन्ह 'लौरो' फिर्ता पाएकाे छ।

स्वतन्त्र उम्मेदवारकाे चुनाव चिन्ह 'लौरो' प्राप्त गरेकाे तीन घण्टापछि खाेसिएपछि समर्थकहरू प्रदर्शनमा उत्रिएका थिए। लगतै जिल्ला निर्वाचन कार्यालय कास्कीले यसअघिकाे 'लौरो' नै फिर्ता दिएकाे अटेरी समूहका निर्वाचन अभियान संयोजक हरि कार्कीले जनाएका छन्।

अटेरी अभियानका नामबाट पोखराबाट सुरू भएको अभियान अहिले देशव्यापी छ। देशैभरि अभियानसँग जोडिएर स्वतन्त्र उम्मेदवारी दर्ता भएका छन्।


'अटेरी' समूहको 'लौरो' खोसियो

'लौरो' खोसिएपछि 'अटेरी' समूह आन्दोलित (फाेटाे फिचर)

 

प्रकाशित मिति: : 2022-04-30 18:29:00

प्रतिकृया दिनुहोस्