डेनमार्कमा ढोल बजाउँदै मोदी ‘साहेब’, नेपाल आएका राहुललाई चाहिँ किन गरिँदै ‘टार्गेट’?

पहिलोपोष्ट

काठमाडौं

सोमवार दिउँसो भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी नेपाल आए। आफ्नो साथी सुम्‍निमा उदासको ‘इन्भाइटेड गेस्ट’ बनेर काठमाडौं ओर्लिएका हुन् राहुल। नक्सालस्थित होटल मेरियटमा बसेका उनको नेपाल भ्रमणबारे भारतीय मिडिया लगभग बेखबर थियो।

जब साँझतिर नेपाली मिडियाले राहुल ‘सुटुक्क’ काठमाडौं आएको समाचार छापे, भारतीय मिडियामा पनि राहुलबारे सनसनीखेज समाचार आउन सुरु भइहाल्यो।

राहुल काठमाडौं आउनुको कारण थियो उदासको विवाह। मेरियटमा केही घण्टाको विश्रामपछि राहुल नव-धनाढ्यको ‘जंकसन हब’ का रुपमा परिचित ठमेलको लर्ड्स अफ ड्रिङ्स (एलओडी) पुगेका थिए। 

प्रकाशित मिति: : 2022-05-04 19:21:00

प्रतिकृया दिनुहोस्