छोरी भएकै कारण जन्मघरबाट राजनीति गर्ने अधिकार हुँदैन?

आसन्न स्थानीय तहको निर्वाचनमा बेलौरी नगरपालिकाको प्रमुखका लागि नेकपा एमालेबाट कमला बोहरा मैदानमा छन्। अघिल्लो निर्वाचनमा यहाँ माओवादी, एमाले र कांग्रेसबीचको कडा प्रतिस्पर्धाबाट प्रमुखको पद माओवादीले जितेको थियो। 

यसपालि स्थानीय तहको नेतृत्व पदमा थोरै महिलाको उम्मेदवारी परेको छ, जसमा कमला आत्मविश्वासपूर्वक गठबन्धनविरुद्ध मैदानमा छन्। 

विद्यालय कमिटीदेखि पार्टी केन्द्रीय सदस्य 

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर र चीनबाट एलएलएम गरेकी कमलाको राजनीतिक यात्रा अनेरास्ववियुबाट सुरु भएको थियो। 

बेलौरी नगरपालिका– ३ मा जन्मेकी बोहराले स्थानीय लक्ष्मी माविमा कक्षा ६ मा पढ्दै थिइन्, अनेरास्ववियुका अग्रज विद्यार्थी नेता आएर उनलाई स्कुल कमिटीको सचिव बनाए, यो ०५६ सालको कुरा हो। ‘त्यतिबेला मलाई संगठन, पार्टी र राजनीतिबारे खासै ज्ञान भने थिएन,’ कमला भन्छिन्, ‘अनेरास्ववियु विद्यार्थीको हकहितका लागि काम गर्ने संगठन भन्ने त थाहा थियो।’ 

प्रकाशित मिति: : 2022-05-04 19:38:00

प्रतिकृया दिनुहोस्