‘बुढानीलकण्ठमा सूर्य चिन्हले बहुमत पाउँछ भन्नेमा ढुक्क छाैँ’ (भिडियाेसहित)

कमल प्रभात

काठमाडौं

स्थानीय तहकाे निर्वाचन आउन मात्रै ५ दिन बाँकी रहँदा देशभरका उम्मेदवारहरू चुनावी अभियानमा व्यस्त छन्। आफ्ना याेजना कार्यक्रम लिएर जनतामाझ भाेट माग्न उम्मेदवारलाई भ्याइनभ्याइ छ। यही लयमा छन्, काठमाडाैँकाे बुढानीलकण्ठ नगरपालिकामा एमालेका उम्मेदवारहरू।

नगरप्रमुख पदका उम्मेदवार मिठाराम अधिकारी र उपप्रमुख पदकी उम्मेदवार अनिता लामा यतिबेला चुनावी अभियान लिएर जनताकाे घरदैलाेमा पुगिरहेका छन्। घर–घरमा पुगेर भाेट माग्दै जनताका समस्या र सुझाव लिने उनीहरूकाे दैनिकी जस्तै बनेकाे छ। यसरी चुनावी अभियनकाे दाैडानमा रहेका उनीहरूलाई बिएल नेपाली सेवाले केही प्रश्न साेधेकाे छ। प्रस्तुत छ अधिकारी र लामासँग गरिएकाे कुराकानीकाे सम्पादित अंश:-


मिठाराम अधिकारी (नगरप्रमुख पदका उम्मेदवार)

चुनावी अभियान कसरी अगाडि बढाइरहनु भएको छ ?

चुनावी अभियान अगाडि बढाउनका लागि हाम्रो पार्टीका साथीहरुबीच छलफल भएको छ। हामीले निर्वाचन परिचलान कमिटी गठन गरेका छौँ, त्यही कमिटीले बनाएकाे सेडुलअनुसार हामी अहिले घरदैलो अभियानमा अगाडि बढेका छौँ। हाम्रा कार्यकर्ताहरुले चुनाव जिताउनको लागि धेरै लागिपर्नु भएकाे छ।

घरदैलो कार्यक्रममा के–के गर्नुहुन्छ ?

चुनावी कार्यक्रममा हामी भोट माग्दै हिँडिरहेका छौँ। मतदाताहरुले आफ्ना समस्या र गुनासाहरु राख्नुभएको छ। जनताको समस्या समाधान गर्नको लागि नै हाम्रो उम्मेदवारी हो। जसको घरघरमा पुगेर हामीले सूर्य चिन्हमा भोट हाल्न भनेका छौँ, चुनाव जितेपछि उहाँहरूका समस्या पूरा गर्ने वाचा गरेका छाैँ। अलिअलि केही समस्याहरु देखिएका छन् तर यो भन्दा पहिला हाम्रो पार्टी नेता नै मेयर बन्नुभएकाे थियाे। मेयर उद्धव खरेलजीले धेरै राम्रा काम गर्नुभएकाे छ। राम्रा काम गरेकै भएर होला जनताले हामीमाथि त्यस्ता प्रश्नहरु राख्नुभएको छैन। जनताहरु असन्तुष्ट हुनुहुन्छ जस्तो लागेन।

मतदाताको प्रतिक्रिया कस्ता छन ? 

मैले अहिलेसम्म करिब ७/८ वटा चुनावहरु पार गरिसकेँ तर जनताको माग पुरानै छन्। नयाँ केही पनि छैनन्। उहाँहरुको समस्या भनेको खानेपानी, बत्ती, बाटो, फोहोरमैला त्यस्तै मात्रै देखेँ र मैले के भनेँ भने, शिक्षा र स्वास्थ्य तपाईंहरुलाई चाहिँदैन भनेर सोधेको छु। म मात्रै होइन अरु उम्मेदवारलाई पनि शिक्षा र स्वास्थ्यका कुरा पनि उठाउनू भनेको छु।

तपाईंले चुनाव जितेपछि के गर्नुहुन्छ ?

बुढानीलकण्ठबासीका जुन माग छन ती सबै पूरा हुन्छन। 

चुनाव जित्नेमा विश्वास्त हुनुहुन्छ ?

मैले जनतालाई माया गरेको छु, जनताले मलाई माया गर्नुभएकाे छ। एकदम ढुक्कका साथ हामीले चुनवा जित्छौँ।

टिमबाट साथ कस्ताे पाउनु छ ?

हामी त एकदमा मिलेर अभियानमा लागको छौँ, उहाँहरूले साथ सहयोग दिनुभएको छ। अहिले पनि यस्तो घाम छ, माथिबाट तापक्रम बढिरहेको छ, यस्तो अवस्था पनि उहाँहरु आफ्नो ज्यानको प्रवाह नगरी अभियानमा लाग्नुभएको छ।

मतदाताहरुलाई अन्त्यमा के भन्नुहुन्छ ?

सबै मतदाता दानुभाइ, दिदी–बहिनीहरुलाई म के आव्हान गर्न चाहन्छु भने, २०७९ साल वैशाख ३० गते शुक्रबारका दिन मतदान केन्द्रमा यहाँहरुलाई स्वागत गर्न चाहन्छु। र, सूर्यको पक्षमा मतदान गर्नुहुन्छ र सबै बुढानीलकण्ठबासीले हामीलाई भोट हालेर जिताउनु अनुरोध छ। सूर्य चुनाव चिन्हमा भोट हाल्न म उहाँहरुलाई अपिल गर्न चाहन्छु।

अनिता लामा (उपप्रमुख पदकी उम्मेदवार)

सूर्य चिन्हमा किन भोट हाल्ने ?

सूर्य चिन्ह अत्यन्तै स्थापित र मर्यादित छ। र, जनमातमा लोकप्रिय रुपमा छाप बस्ने सफल पनि छ। यही चिन्हबाट चुनाव जितेका मनोमहन अधिकारीले नेपालमा पहिलो पटक कम्युनिस्ट पार्टीको प्रधानमन्त्री बनेर देशको नेतृत्व पनि गर्नुभयो र त्यो सरकारले गरेका कामहरु यति लोकप्रिय भए। त्यतिबेलादेखि सुरुवात भएको सामाजिक सुरक्षा भत्ता आज बढेर कहाँ पुग्यो, आज जेष्ठ नागरिकहरुले सानो–सानो औषधिमुलो किन्नको लागि त्यसले धेरै ठूलो टेवा पुगेको छ। आफ्नो गाउँ आफै बनाउँ भनेर त्यतिबेला पठाएको सानो बजेट आज करोडौँको रुपमा आज वडा–वडामा आउने भएको छ। त्यही बजेटमार्फत् वडास्तरमा विभिन्न उपभोक्ता समितिमार्फत् नागरिकको तहबाटै आफ्नो टोल बनाउने अभियान चलेका छन।

यही सूर्य चिन्हले चुनाव जितेर कमरेड केपी शर्मा ओलीले देशको झण्डालाई उचो बनाउने काम गर्नुभएको छ। कालापानी र लिपुलेखलाई समेटेर नक्सा बनाउनुभएको छ। नक्सा मात्रै जारी गर्नुभएको छैन, विस्तारवाद र सामराज्यवादविरुद्ध बलियाे खम्बा बनेर उभिनुभएको छ। देश र स्वाभिमान भनेको सानो हुँदैन, अस्तित्व र हौसियत सानो हुँदैन, हामी बराबारी हौँ भन्ने मान्यतालाई स्थापित गर्नुभएको छ। यो देशको स्वाभिमानलाई यतिधेरै चाैडा बनाउनुभएको छ त्यसकारण त्यस्तो पार्टीको नेतृत्व, यो नेकपा (एमाले) र सूर्य चिन्ह साँच्चै नै आम नागरिकहरुको बीचमा लोकप्रिय छ। त्यसकारण पनि मैले बुढानीलकण्ठको उपमेयरमा उम्मेदवारी दिइरहँदा यो सूर्य चिन्हले जनताको मत पाउने छ भन्ने कुरामा म ढुक्क छु।

महिलासँग सम्बन्धित विषयलाई कसरी समेट्ने प्रयास गर्नुभएको छ ?

सर्वप्रथम त म महिला हुँ, एक जना महिलाले यो राज्य पक्ष र संविधानले किटान गरिदिएको एउटा मान्यताभित्र हामीले इन्ट्री पाएका छौँ। उपमेयर भएर पनि राज्यले तँ मेयर बन्न पाउँदिनस् भनेको छैन र कतिपय ठाउँमा पाउनु पनि भएको छ, कालान्तारमा पनि त्यसको लायक बनौँला, हामी यहीँ वडामा मात्रै वडा अध्यक्षमा एक जना पुरुषबाहेक अरु सबै महिला हुनुहुन्छ। यहाँ पाँचै जना महिला उम्मेदवार हुने सम्भावना पनि थियो। तर, पार्टी संगठनका मुभ्मेन्ट, संगठनले गर्ने निर्णय, जनमतको कदरलाई समेट्दा यी विषयहरु निर्णयक हुन्छ, त्यसकरण म उपमेयरका उम्मेदवार बन्दा कुनै हिन्नताबोध छैन किनभने म राज्य संयन्त्रभित्र इन्ट्री गर्ने अवसर त पाइरहेको छु। योबाट अब अर्काे फड्को मार्ने श्रृंखला सुरु भएको छ।

‘बुढानीलकण्ठबासीको रोजाइँमा छु, चुनाव जित्ने पक्का छ’

मेरो एजेण्डामा महिललालाई कसरी अगाडि बढाउने भन्ने हाे। महिलालाई राजनीतिको ढोका खुल्ला छ। राजनीतिमा महिलाहरु आउनको लागि कुनै पनि बन्देज छैन। त्यसकारण सबैभन्दा पहिला महिलाहरुलाई सशक्तिकरणको अभियान चलाउँछु। घर र गृहणीमा रहेका महिला शक्तिहरु हुन। यी महिलाहरु धेरै घरभित्र बस्न बाध्य छन् अब उहाँहरुलाई हामीले बाहिर निकालेर समाज रुपान्तरण र बुढानीलकण्ठको विकास निर्माणसँगै जागण फैलाउने काम गर्नेछु। किनभने, यो हाम्रो होस या अन्य नगरपालिकामा हाेस् सबैभन्दा ठूलाे शक्ति महिला हुन, उहाँहरुलाई रोजगारी दिने, उहाँहरुको क्षमता पहिचान गरेर सोही अनुसारका कुरामा अगाडि बढाउने, परिवारको जस्तै समाजको पनि विकास गर्ने, विशेषगरी गृहणी महिलालाई लक्षित गरेर जागरण अभियान चलाएर एउटा अभियान चलाउन चाहन्छु। यहाँ भएका महिला समूहहरुलाई एकीकृत ढंगको कार्य योजना ल्याएर नगर विकासका आयोजनामा सहभागी गराउने काम गर्छु।

महिला दिदी बहिनीहरुको सुझाव र सन्देश के छ ?

हाम्रो समाज पितृसत्तात्मक छ। पितृत्वले घेरेको मातृत्व छाँयामा परेको समाज हो, हाम्राे। त्यसकारण सबैभन्दा पहिला आफैमाथि विभेद भएको कुरा हाम्रा महिलाहरुले चालै पाउनु भएकाे छैन। आफै भित्रको ऊर्जा र क्षमता नै चिन्नुहुन्न, त्यो कुरालाई उजागर गर्न जरुरी छ। र, उहाँहरुको पीडाभन्दा पनि आफूलाई पहिचान गर्ने कुरा मुख्य चिन्ताको विषय हो। यसमा गहिरो चिन्तनका साथ उहाँहरुलाई हामीले बुझाउँछौँ। उहाँहरुको चाहना भनेको हिंसा र विभेदमुक्त समाज बनाउनु पर्‍यो भन्नेछ।

हाम्रा छोरीहरुले जुनसुकैबेला एक्लै हिँडन सक्ने वातावारण बनाउनु पर्‍यो भन्नेजस्ता कुरा गर्नुभएको छ। म पनि एउटा छोरी हुँ, हामी त्यस्तो खालको समाज बनाउँछौँ, जहाँ विभेदरहित समाज हुन्छ। हिंसामुक्त समाज हुन्छ। हिंसा र पीडामा परेकालाई सहयाेग गर्ने काम हुन्छ। हिंसा नै नहुने समाज बनाउने हाम्राे प्रयास रहन्छ।

अन्त्यमा के भन्नुहुन्छ ?

हाम्रा यति धेरै नेता कार्यकर्ताहरु रातदिन नभनि हिँड्नुभएको छ। जनताको लाखौँ सपनाहरु सकार पार्न, करोडौँ आशाहरु साकार पार्न, नगरबासीका आकांक्षाहरु साकार पर्न यो अभियानमा हिँडिरहेका छौँ। यो चुनाव जित्ने अभियान मात्रै होइन, हाम्रो नगरलाई समृद्ध बनाउने अभियान हो, याे। बुढानीलकण्ठलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमै चिनउने अभियान हो। एउटा चुनाव जितेर मात्रै सबै कुरा सम्भव छैन, यस्ता अभियान त निरन्तर चाल्नुपर्छ। त्यसकारण हाम्रो अभियान कुनै पदमा पुग्नको लागि होइन हामी नगरबासीहरुको आशाको प्रतिविम्ब हो, सारा जनतको अपेक्षाको प्रतिविम्ब मात्रै हो। त्यसकारण यही सारा आशा र अपेक्षा पूरा गर्नको लागि हामी काम गछौँ।

हामी भ्रष्ट्राचार अन्त्य गरेर सही तरिकाले प्रशासन चलाउँछौँ, त्यसकारण पनि हामी मतदातालाई के भन्न चाहन्छाैँ भने, नेकपा एमालेका उम्मेदवारहरु यी काम गर्न सक्षम छौँ, क्षमतावान र अनुभवी छौँ, जनतका मन र मतले पत्याएका व्यक्ति पनि हौँ, त्यसकारण सूर्य चिन्हमा मतदान गर्न अनुरोध छ।

फाेटाे/भिडियाे : शनि शाक्य

मिठाराम र अनिताको उम्मेदवारीले बुढानीलकण्ठका मतदाता उत्साहित (भिडियाे)

प्रकाशित मिति: : 2022-05-08 18:55:00

प्रतिकृया दिनुहोस्