बजेटबाटै चालु खर्च कटौतीको तयारी, मन्त्रालयहरू असन्तुष्ट

२० प्रतिशतसम्म साधाराण खर्च घटाउन गृहकार्य

अनलाइनखबर

रवीन्द्र घिमिरे

सरकारले आगामी आर्थिक वर्ष २०७९/८०को बजेटमा साधाराण (चालु) खर्च कटौती गर्ने भएको छ । यसका लागि सबैजसो मन्त्रालयलाई खर्च कटौतीका लागि तयार रहन अर्थ मन्त्रालयले भनेको छ । यसले मन्त्रालयहरुभित्र असन्तुष्टिको स्वर सुनिन थालेको छ ।

आगामी आर्थिक वर्ष २०७७/७८को बजेटका लागि मन्त्रालय र निकायगत छलफलहरुमा अर्थ मन्त्रालयले चालु खर्च कटौतीलाई प्राथमिकतामा राखिने जानकरी गराएको हो । त्यसैअनुसार धेरै चालु खर्चका शीर्षकहरुको सीमा गत चालु आर्थिक वर्षकोभन्दा करिब २० प्रतिशतसम्म कम हुनसक्ने सरकारी अधिकारीहरुको आकलन छ ।

सरकारले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरिसकेको छ ।  सरकारको विदेशी मुद्रा सञ्चिति घट्दै गएको भन्दै ३० चैतको मन्त्रिपरिषद् बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको थियो ।

सरकारले चालु आर्थिक वर्षमा १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख रुपैयाँ बजेट चालुतर्फ विनियोजन गरेको थियो । त्यसमध्ये ६ खर्ब ७७ अर्ब ९९ करोड रुपैयाँ संघीय सरकारका लागि चालु खर्च कार्यक्रम र शीर्षकहरुमा विनियोजन भएको छ । यही संघीय सरकारको चालुतर्फको खर्च कटौतीका लागि मन्त्रालयले तयारी गरेको हो ।

प्रकाशित मिति: : 2022-05-10 11:47:00

प्रतिकृया दिनुहोस्