निर्वाचनको सम्पूर्ण तयारी पूरा

file photo
file photo

भोलि हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।  

बिहीबार आयोगले पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। 

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको भन्दै ढुक्क भएर मतदान गर्न मतदातालाई अपिल गरेका छन्।  

‘निर्वाचनको तयारी सबै पूरा भइसकेको छ। शान्तिपूर्ण रुपमा मतदान गर्ने वातावरण मिलाइएको छ ’ उनले भने। 

प्रकाशित मिति: : 2022-05-12 18:35:00

प्रतिकृया दिनुहोस्