सिन्धुपाल्चोकमा तनावः सेनाले तेर्सायो हतियार, मतदाता त्रसित

बिएल संवाददाता

सिन्धुपाल्चोक
Dinesh Thapa
Dinesh Thapa

सिन्धुपाल्चोकको ज्यामिरेमा मतदान स्थानमा झडप भएको छ। 

सिन्धुपाल्चोकको मेलम्ची–४ मा अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि झडप भएको हाे। 

मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथ कब्जाको प्रयास भएपछि नेपाली सेनाले हतियार तेर्स्याएर स्थिति सामान्य बनाएकाे छ। 

यस्तै पाँचपोखरी थाङपाल–२ को याङ्ग्री मतदान केन्द्रमा एउटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छुटेको मतपत्र भेटिएपछि केहीबेर तनावग्रत भएको थियाे। जसकाे अवस्था अहिले सामान्य बनेकाे छ।  

प्रकाशित मिति: : 2022-05-13 10:56:00

प्रतिकृया दिनुहोस्