गोलाप्रथाबाट चामे– ५ को अध्यक्षमा एमालेका गुरुङ विजयी

मनाङको चामे गाउँपालिका– ५ को अध्यक्षमा गोलाप्रथाबाट एमालेका कैले गुरुङ विजयी भएका छन्।

शुक्रबार रातिको मतपरिणाम अनुसार एमालेका उम्मेदवार गुरुङ र कांग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाले बराबर ३०/३० मत ल्याएपछि गोलाप्रथा गर्ने सहमति भएकाे थियाे।

गोलाप्रथा गर्दा कैले गुरुङ वडाअध्यक्षमा विजयी भएका हुन। गुरुङ यसअघि पनि चामे गाउँपालिका– ५ का वडाअध्यक्ष थिए।

प्रकाशित मिति: : 2022-05-14 02:49:00

प्रतिकृया दिनुहोस्