विश्वका श्रमिकको महाधिवेशन र इटाली घोषणापत्र

राजधानी दैनिक

प्रेमलकुमार खनाल

विश्वका प्रगतिशील एवं समाजवादी विचार पक्षधर श्रमिकको अन्तर्राष्ट्रिय केन्द्र विश्व ट्रेड युनियन महासंघ (डब्लूएफटीयू)को १८औं अधिवेशन गत साता मे ६ देखि ८ तारिख तीन दिन सम्म इटालीको राजधानी रोममा भव्यतापूर्वक सम्पन्न भएको छ ।

कोभिड महामारीका कारण उत्पन्न अनेकौं कठिनाइका बाबजुद ९३ देशका ४ सय ३० जना प्रतिनिधि छनोट भएकामा ३ सय ३० जना प्रतिनिधि मात्रै भौतिक रूपमा सहभागी थिए भने सय जना प्रतिनिधि भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।

अधिवेशनमा डब्लूएफटीयूको विगत ६ वर्षको काम’bout समीक्षा गर्दै ६२ सदस्यीय प्रेसिडेन्सियल काउन्सिल कमिटी (केन्द्रीय कमिटी)र अध्यक्षमा साउथ अफ्रिकाका मिजवान्डीले माइकल मकावाइवा र साइप्रसका पिम्बस कुरिटिसिसलाई महासचिव पदमा आगामी पाँच वर्षका लागि निर्वाचित गरेको छ । महाधिवेशनले डब्लूएफटीयूले अवलम्बन गर्ने नीति तथा कार्यक्रमसहितको इटाली घोषणापत्र जारी गरेको छ ।

प्रकाशित मिति: : 2022-05-16 17:52:00

प्रतिकृया दिनुहोस्