एभर्टन रेलिगेशनबाट बच्यो

Image credit: Getty Images
Image credit: Getty Images

६८ वर्ष लामो इंग्लिस प्रिमियर लिग फुटबलको ईतिहास बोकेको एभर्टन बिहीबार राति क्रिस्टल प्यालेसलाई हराउँदै रेलिगेशनबाट बचेको छ।

प्यालेससंग २-० ले पछि परेको स्थिति उल्टाउदै ३-२ को जित निकालेर एक खेक बाँकी रहँदै एभर्टनले इंग्लिस प्रिमियर लिगको हैसियत कायम राखेको हो।

जेयान र जोर्डनको गोलसंगै भ्रमणकारी टोली प्यालेस पहिलो हाफमा २-० ले अग्रता लियो। तर, दोस्रो हाफमा माइकल केइन, रिचार्लिसन र कार्भाटको गोलमा एभर्टनले पुनरागमन गर्यो।

जितसँगै एभर्टन ३७ खेलबाट ३९ अंक सहित १६औं स्थानमा छ। प्यालेस ४५ अंकसहित १३औं स्थानमा छ।

एभर्टनको जितसँगै अब अन्तिम खेलबाट एक टिमको रेलिगेशन पक्का हुनेछ। अब वर्नली र लिड्स युनाइटेडमध्ये एक दोस्रो डिभिजनमा घटुवा हुने छन्।

यस अघिनै वाटफोर्ड र नर्विच रेलिगेशनमा परिसकेका छ। यता, अन्तिम खेल्बाटनै लिगको विजेता टुंगो लाग्नेछ।

प्रकाशित मिति: : 2022-05-20 08:18:00

प्रतिकृया दिनुहोस्