रियल अन्तिम खेलमा रोकियो

Ap image
Ap image

रियल मड्रिडले ला लिगा फुटबलको अन्तिम खेलमा रियल बेटिसँग शुक्रबार राति गोलरहित बराबरी खेलेको छ।

कार्लो एन्सोलोट्टीले ला लिगा च्याम्पियन र कोपा डेल रे विजेताकोबीचको खेलमा बलियो प्लेईङ सेट उतारेका थिए। तर, लिभरपुलसँग  यूइएफए च्याम्पियन्स लिगको उपाधि प्रतिस्पर्धा अघि रियल बराबरीमा रोकिएको हो।

कप्तान तथा स्ट्राइकर रहेका करिम बेन्जेमा दुई पटक गोलनजिक रहे पनि गोल गर्न सकेनन्। रियल मड्रिडले सिजनमा ३८ खेल खेल्दै ८६ अंक बनायो। ६५ अंक बनाएको बेटिस पाँचौ स्थानमा रह्यो। 


 

प्रकाशित मिति: : 2022-05-21 14:13:00

प्रतिकृया दिनुहोस्