बार्सिलोना अन्तिम खेलमा घरेलु मैदानमै पराजित

GETTY IMAGES
GETTY IMAGES

स्पेनिस ला लिगा फुटबलको अन्तिम खेलमा बार्सिलोना घरेलु मैदानमै भियारियालसँग २-० ले पराजित भएको छ।

घरेलु मैदान क्याम्प नोउमा जितसहित सिजनको सुखद अन्त्य गर्ने बार्सिलोनाको लक्ष्यमा भियारियालका अल्फान्सो पेडराजा र मोइ गोमेजको गोल बाधक बन्यो। दोस्रो स्थानको बार्सिलोनाले ३८ खेलमा ७३ अंक जोड्दा सातौ स्थानको भियारियालको भने समान खेलमा ५९ अंक रहयाे।

बार्सिलोनाले ला लिगा च्याम्पियन रियाल मड्रिड भन्दा १३ अंकले पछि रहँदै सिजनको अन्त्य गरेको हो। बार्सिलोनाले सिजनको खराब सुरुवातका बाबजुद दोस्रो स्थानमा बस्दै च्याम्पियन्स लिगको टिकट पक्का गरिसकेको थियो।

बार्सिलोनामाथिको जितपछि भियारियालले भने क्याम्प नोउमा लगातार १० हारको शृंखलामा पूर्णबिराम लगाएको छ।

त्यस्तै, एट्लेटिको मड्रिडले सिजनको सुखद अन्त्य गर्ने क्रममा रियाल सोसिडाडलई २-१ ले हरायो। सेभियाले पनि सिजनको सुखद अन्त्य गर्ने क्रममा एथ्लेटिक  बिल्बाओलाई १-० ले पराजित गर्‍याे।

प्रकाशित मिति: : 2022-05-23 08:59:00

प्रतिकृया दिनुहोस्