दुर्गामानले राखे राष्ट्रिय कीर्तिमान

File photo
File photo

दुर्गामान तामाङले पारा राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगितामा सोमबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। 

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको पुरुष ७२ केजी मुनि तौलसमूह अन्र्तगत दुर्गामानले ९० केजी भार वहन गर्दै आफ्नै नाममा रहेको ८९ केजीको कीर्तिमान सुधार गरेका हुन्। प्रतियोगितामा राजाराम सिलवाल दोस्रो भए।

महिलातर्फ खुलामा सरिता थुलुङ पहिलो भएकी  हुन्। सरिताले ५२ केजी भार बहन  गरेकी हुन्, भने निर्मला भण्डारी दोस्रो तथा टिना महर्जन तेस्रो भए। 


 

प्रकाशित मिति: : 2022-05-24 13:41:00

प्रतिकृया दिनुहोस्