भ्रष्टाचारको दलदलमा गठबन्धन सरकार

राजधानी दैनिक

सागर पण्डित

देशमा जताततै भ्रष्टाचार व्याप्त छ । मुलुकमा भ्रष्टाचारको ग्राफ कति धेरै छ भन्ने कुराको पुिष्ट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका २० हजारभन्दा बढी उजुरीबाट हुन्छ ।

यद्यपि, अख्तियारमा प्रधानमन्त्री, मन्त्री, सचिव, महानिर्देशकको मिलिमतोबाट हुने नीतिगत भ्रष्टाचारको उजुरी भने खासै पर्दैन । नीतिगत भ्रष्टाचारको विषयलाई अख्तियारले अनुसन्धान गर्न नपाउने कानुनी व्यवस्था नै त्रृटीपूर्ण छ ।

नीतिगत भ्रष्टाचारलाई संस्थागत गराउने उद्देश्यले नै हाम्रा नेताले नीतिगत भ्रष्टाचारको विषय अख्तियारको क्षेत्राधिकारबाट हटाएर आफूलाई भ्रष्टाचारको संरक्षकका रूपमा उभ्याउँदै आएका छन् ।

प्रकाशित मिति: : 2022-05-27 15:44:00

प्रतिकृया दिनुहोस्