पोखरामा मेयरले रोपेको फूल चोरी 

पोखरामा मेयरले रोपेको फूल चोरी भएको छ।

पोखरालाई फूलैफूलेको चाैरी बनाउने उद्देश्यसहित पदभार गर्नुअघि मेयर धनराज आचार्यले फूल रोपेका थिए।

मेयर आचार्यको उद्देश्यअनुसार पोखरा जिरो किलोमिटरदेखि हल्लन चोकसम्मको सडक डिभाइडरमा फूल रोपिएको थियो। आचार्यले पदभार ग्रहण गरेको २ दिन नबित्दै फूल चोरी भएको हो।

५ वटा फूलका बिरुवा चोरी भएको हो। चोरी भएको फूलमध्ये मेयर आचार्यले रोपेको फूल पनि परेको छ।

प्रकाशित मिति: : 2022-05-29 10:25:00

प्रतिकृया दिनुहोस्