जनप्रतिनिधिको दायित्व

राजधानी दैनिक

सागर पण्डित

स्थानीय तह संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सफल बनाउने महत्वपूर्ण आधारस्तम्भ हो । स्थानीय तहमा हालै आएका जनप्रतिनिधिले आगामी पाँच वर्षमा गर्ने कामले संघीय शासन व्यवस्थाको संस्थागत विकासमा टेवा पु¥याउँछ ।

विगतको पाँच वर्षमा सेवा प्रवाह र सुशासनको हकमा उल्लेखनीय काम हुन नसके पनि संस्थागत संरचना निर्माणमा भने महत्वपूर्ण काम भएका छन् । स्थानीय तह राम्रैसँग स्थापित हुन सकेका छन् भने साधन स्रोतको पनि राम्रो व्यवस्थापन हुन सकेको छ ।

तर, सबैभन्दा ठूलो समस्या भनेकै सेवा प्रवाह र सुशासनमा रहेको देखिन्छ । पाँच वर्षको अभ्यास हेर्दा थोरै ठाउँका स्थानीय तह मात्रै सुशासनमैत्री देखिएका छन् । जहाँ सुशासन कायम भएको छ त्यहाँ सेवाप्रवाह पनि प्रभावकारी हुन सकेको छ भने विकास निर्माणका काम पनि भएका छन् ।

प्रकाशित मिति: : 2022-06-10 14:37:00

प्रतिकृया दिनुहोस्