टेक्निकल एरियामा अचेत भई ढलेका नेपाली फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्च भएका छन्।
शनिबार राति नै अस्पतालले डिस्चार्च गरेपछि उनी आफ्नो घर पुगेका थिए।
अस्पतालले सुरुमा एक दिन अस्पतालमै बस्नुपर्ने बताए पनि राति नै डिस्चार्च गरेको हो। यसपछि उनी आफ्नो घर पुगेका थिए। अब भने उनी टिम रहेको होटल फर्कने छन्।
शनिबार कुवेतविरुद्ध नेपाल खेल्दै गर्दा ४८ मिनेटमा अब्दुल्लाह टेक्निलक एरियामा ढलेका थिए। पछिल्लो समय अब्दुल्लाहमा मुटुको समस्या देखिएकाे छ। प्रतियोगितापछि अब्दुल्लाह गृहनगर कुवेतमै रहेर उपचार गर्ने तयारीमा थिए।
एएफसी एसिया कप २०२३ छनोटको लागि यतिबेला कुवेतमा रहेको नेपाली टिमले लगातार दोस्रो खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ। अन्तिम खेलमा नेपालले ३१ गते इन्डोनेसियासँग खेल्नेछ।