इंग्ल्यान्डको पोष्टमा हंगेरीको चार गोल

Catherine Ivill/Getty Images
Catherine Ivill/Getty Images

१० खेलाडीमा सिमित इंग्ल्यान्डविरुद्ध यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति हंगेरीले ४–० को सहज जित निकालेको छ।

हंगेरीको जितमा रोलान्ड सलाईले दुई तथा नागी र डानिल गाज्दागले एक–एक गोल गरे। खेलको ८२औं मिनेटमा इंग्ल्यान्डको जोन स्टोन्स रातो कार्डको सामना गर्दै बाहिरिएका थिए। 

जितसँगै हंगेरी समूह ए ३ मा ७ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ। इंग्ल्यान्ड ४ खेलमा २ अंक जोडेर पुछारमा छ।

प्रकाशित मिति: : 2022-06-15 07:58:00

प्रतिकृया दिनुहोस्