ललितपुर महानगरपालिकाद्वारा स्नेहा कियरसलाई भेटनरी एम्बुलेन्स हस्तान्तरण

ममता आचार्य

काठमाडौं

ललितपुर महानगरपालिकाले स्नेहा कियरसलाई भेटनरी एम्बुलेन्स अनुदान गरेको छ।

आज ललितपुरमा भएको एक कार्यक्रममा महानगरपालिकाका प्रमुख चिरीबाबु मर्हजनले उक्त एमबुलेन्स अनुदान गरेका हुन्।

सो कार्यक्रममा उनले महानगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने बताएका थिए। ‘महानगरपालिकामा थप एउट श्रृंखला थपिएको छ’ उनले भने।

विगत ७ वर्षदेखि सन्चालन गरेको उक्त सस्ंथामा कसैले ध्यान नदिएको स्नेहा कियरसकी फाउण्डर स्नेहा श्रेष्ठले बताइन्।

‘म आफैँले महानगरसँग अनुरोध गर्दा सहयोग पाएको हो। यसभन्दा अघि एम्बुलेन्स नभएको त होइन तर धेरै पूरानो भएकोले हामीलाई काम गर्न अलि असहज थियो। दिनको ४०–५० किलोमिटर हिड्नुपर्छ’ उनले भनिन्, ‘बाटोतिर बिरामी जनावरहरु भेटिन्थे गाडी पूरानो भएकोले ठूला पशुपंक्षी बोक्न गाह्रो भएको थियो। पूरानो गाडी बनाउन नै महिनाको ३ देखि ४ लाख खर्च हुन्थ्यो।’

महानगरभित्र भएका सबै पशुचौपाया जोगाउन आफ्नो कर्तव्य भएको मेयरले बताए। 

लकडाउनका क्रममा महानगरपालिकाले संस्थामा सहयोग गरेको बताउँदै श्रेष्ठले भनिन्, ‘हामीले महानगरपालिबाट सहयोग पाएका थियौँ।’

कोरोना कहरमा हिडँडुल गर्न समस्या भएको कारण जनावरको रेखदेख गर्न नसकेको महर्जनले बताए।

महानगरपालिकाले आफूलाई एम्बुलेन्सको साँचो दिएर झनै जिम्मेवारी थपिदिएको श्रेष्ठले बताइन्। 


 

प्रकाशित मिति: : 2022-06-22 14:26:00

प्रतिकृया दिनुहोस्