महिला युरो च्याम्पियनसिप : रोमान्चक जितसहित इंग्ल्यान्ड सेमिफाइनलमा

Photo : Twitter/UEFA Women's EURO 2022

प्रतिस्पर्धात्मक बनेको खेलको अतिरिक्त समयमा स्पेनलाई २-१ अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

बुधबार राति भएको खेलमा पुनरागमन गर्दै इंग्ल्यान्ड खेलमा फर्कन सफल भयो। निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

इंग्ल्यान्डको जितमा एला टोन र जर्जिया स्टानवेले गोल गरिन्। स्पेनकी एस्थर गोन्जालेजको नाममा सान्त्वना गोल रह्यो।

अब, सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्डले स्विडेन र बेल्जियमबीचको विजेतासंग खेल्नेछ।

प्रकाशित मिति: : 2022-07-21 07:03:00

प्रतिकृया दिनुहोस्