महिला युरो : स्विडेनलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड फाइनलमा

Photograph: Carl Recine/Reuters
Photograph: Carl Recine/Reuters

स्विडेनमाथि ४-० को सहज जित निकाल्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ।

सेफिल्डमा मंगलबार राति इंग्ल्यान्डलाई जित दिलाउन बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्विले समान एक-एक गोल गरे। पहिलो हाफमा १ गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा थप तीन गोल गरेको थियो।

इंग्ल्यान्ड महिला युरोको इतिहासमा तेस्रो पटक फाइनलमा प्रवेश गरेको हो। यसअघि इंग्ल्यान्ड सुरुवाती संस्करण सन् १९८४ र नवौं संस्करण २००९ मा फाइनलमा प्रवेश गरेको थियो।

यद्यपि, उपाधी भने हात पार्न सकेको छैन।

अब, इंग्ल्यान्डको उपाधिको लागि जर्मनी र फ्रान्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: : 2022-07-27 08:28:00

प्रतिकृया दिनुहोस्