गेरु वस्त्रभित्रको यौन अपराध: टुल्कु जेल पुगे, सिद्धबाबा र बम्जनमाथि के हाेला ?

शिलापत्र

कृष्णसिंह लाेथ्याल

भारतीय धर्मगुरुहरूमाथि विभिन्न जघन्य अपराधका मुद्दा लाग्नु नौलो हुन छाडेको छ । विभिन्न समयमा धर्म र आश्रमको नाममा बालबालिकामाथि बलात्कार र हत्या गरेको अभियोगका समाचार सार्वजनिक हुँदै आएका छन् । तर, धर्मगुरुमाथि लाग्ने बलात्कार र हत्या अभियोग अब भारतमा मात्र सीमित रहेन । नेपालका धर्मगुरुमाथिसमेत बलात्कार र हत्याजस्ता जघन्य अपराधका मुद्दा एकपछि अर्को लाग्दै आएको छ । पछिल्लो समय बलात्कार आरोप लागेका कृष्णबहादुर गिरी उर्फ ‘सिद्धबाबा’ चर्चामा छन् । 

उनीमाथि तीन वर्षअघि आफ्नै एक जना महिला अनुयायीलाई बलात्कार गरेको अभियोग लागेको थियो । हाल सिद्धबाबा अदालती मुद्दा झेलिरहेका छन् । सोही प्रकरणमा उनी पुर्पक्षका लागि जेल चलान नै भएका थिए । २२ मंसिर २०७७ मा भने सिद्धबाबालाई जिल्ला अदालत सुनसरीले सफाइ दिएपछि उनी जेलमुक्त भए । 

प्रकाशित मिति: : 2022-07-28 16:09:00

प्रतिकृया दिनुहोस्