साफ यू-२० च्याम्पियनसिप : भारतसँग नेपाल ८–० गोल अन्तरले पराजित

साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग ८–० गोल अन्तरले पराजित भएको छ। 

यसअघि गोल नखाई माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको नेपाल भारत विरुद्ध निरिह बन्दा एक गोल पनि फर्काउन सकेन। पहिलो हाफमा एक गोल गरेको भारतले दोस्रो हाफमा गोलको वर्षा गर्दै ७ गोल थप्यो।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गरे। टाइसन सिंह, हिमान्सु जान्ग्रा, पाथुम गिम्हाना, टन्कधर बाग, मोहमद सुहिब, सुभो पाउलले एक–एक गोल गरे। प्रतियोगिताको दुई खेलमा सहज जित निकालेको नेपाल अन्तिम खेलमा पराजित हुन पुगेको हो। 

अब नेपालले फाइनल पुग्न मंगलबार हुने अन्तिम खेलमा बंगलादेशलाई हराउनै पर्नेछ।

प्रकाशित मिति: : 2022-07-31 21:39:00

प्रतिकृया दिनुहोस्