‘राजा’ हाँस्दै होलान्

शिलापत्र

नवराज कँवुर

हाँसो एक भावनात्मक अभिव्यक्ति हो। यसले खुसी मात्र दर्शाउँदैन। गर्व, दुःख, पश्चात्ताप, आक्रोश, लाचारी पनि दर्शाउँछ।

ट्राफिक प्रहरीले पक्रेपछि ङिच्च गर्ने सवारीचालकलाई हेर्नुस् त, उसको हाँसोमा देखिन्छ एक अनौठो लाचारी !

देख्नलाई ऊ हाँसिरहेको छ तर त्यसभित्र हीनताबोध हुन्छ। अघिपछि ट्राफिक प्रहरीलाई मान्छे नगन्नेले पनि यस्तो बेला ‘गल्ती भइहाल्यो, एकपल्टलाई छोडेर कृपा गरिदिनोस् प्रभु’ भन्ने लाचारी हाँसोमै प्रकट गर्छ। यस्तो हाँसोले लाज भन्ने जिनिसलाई सजिलै पचाइदिन्छ।

प्रकाशित मिति: : 2022-08-02 17:06:00

प्रतिकृया दिनुहोस्