अभिनेत्री ऐनी आगलागीमा परेर गम्भीर घाइते

File photo
File photo

हलिउड अभिनेत्री ऐनी हेचे शुक्रबार (५ अगस्ट)  आगलागीमा परेर गम्भीर अवस्थामा पुगेकी छिन्। 

लस एञ्जलसको मार बिस्टास्थित वालग्रोम एभेन्युस्थित एक घरमा आगलागी हुँदा उनी जलेर गम्भीर अवस्थामा पुगेकी हुन्।

उनलाई अग्नि नियन्त्रकहरुले उनको गाडीबाट उद्दार गरेका थिए। समाचारकअनुसार हाल उनको अवस्था गम्भीर छ उनको शरीरको ६५ प्रतिशत भाग जलेको छ र उनलाई सामान्य स्थितिमा आउन लामो समय लाग्न सक्ने उनको उपचार गरिरहेका चिकित्सकहरुले भनाइ छ। 

२५ मे १९६९ मा अमेरिकाको ओहायो राज्यमा जन्मेकी अभिनेत्री हेचेद्वारा अभिनित केही चर्चित सिनेमाहरु सिक्स्ट डेज सेभेन नाइट्स (१९९८), साइको (१९९८), बर्थ (२००४), मिल्क मनी (१९९४) आदिबाट नाम कमाउन सफल भएकी थिइन।
 

प्रकाशित मिति: : 2022-08-06 16:58:00

प्रतिकृया दिनुहोस्