फुटबलमा भविष्य नदेखेर अस्ट्रेलिया पलायन भएका दर्शन

शिलापत्र

सरोज तामाङ

फरवार्ड दर्शन गुरुङका लागि फुटबल नसा थियो । फुटबल नै सबै थोक हो भन्ने लाग्थ्यो उनलाई । तर, किन फुटबलमै भविष्य देखेका दर्शन राष्ट्रिय टिमलाई चटक्कै छाडेर अस्ट्रेलिया उडे ? यी अनुत्तरित प्रश्न हुन्, यसको जवाफ न सरकारसँग छ, न एन्फासँग । 

‘को कहाँ गयो ? के गर्दै छ ? मर्‍याे कि बाँच्यो ? एन्फा र सरकारलाई मतलब हुँदैन । खेलाडी बाँच्ने आधार नै छैन । त्यसैले फुटबल छोडेर विदेशिएँ’, राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी हेमन गुरुङले ठ्याक्कै दुई वर्षअघि भनेका थिए । 

त्यसबेला उनको त्यो भनाइमा पीडासँगै चिन्ता मिसिएको थियो । नेपाली खेलाडी खेल्दाखेल्दै आफूजस्तै छोडेर विदेशिनु नपरोस् । एन्फाले फुटबल गतिविधिलाई चलायमान बनाओस्, खेलाडी खेलेरै बाँच्ने आधार बनोस् भन्ने उनको तात्पर्य थियो । तर राम्रा मिडफिल्डर हेमन गुरुङ र गोलकिपर एलन न्यौपानेजस्ता खेलाडी गुमाएको देशले त्यसपछि कुनै संयन्त्र बनाएन, जसले खेलाडी खुसीका साथ निर्धक्क भएर स्वदेशमै खेलुन् ।

प्रकाशित मिति: : 2022-08-17 16:01:00

प्रतिकृया दिनुहोस्