गोर्खा खुकुरीको विधान सर्वसम्मतीले संशोधन

File photo
File photo

नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको केन्द्रीय साधारण सभाले विधान संशोधन गरेको छ।

राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ मा व्यवस्था गरिएको राष्ट्रिय खेल संघसम्बन्धी बुँदामा संघको विधान संशोधन गर्न शनिबार केन्द्रीय साधारण सभा बोलाइएको संघले जनाएको छ।

संशोधित बुँदा सर्वसम्मतीले पारित गरेको संघले जनाएको छ। साधारण सभा ९२ जनाको उपस्थिति रहेको संघले जनाएको छ। साधारण सभाको संघका सल्लाहकार आनन्द कुमारले उद्घाटन गरेका थिए।

प्रकाशित मिति: : 2022-08-20 17:08:00

प्रतिकृया दिनुहोस्