५३ जनाको नाम सिफारिस गर्दै काँग्रेस जुम्लाले टुंग्यायो संघ र प्रदेशसभाका उम्मेदवार

BreaknLinks
BreaknLinks

नेपाली काँग्रेस जुम्लाले प्रतिनिधि सभा र प्रदेश सभामा उठ्ने सम्भावित नाम टुंगो लगाएको छ।

आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम टुंगो लगाएको हो।

शनिबार बसेको जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारका नाम टुंगो लगाएर केन्द्रमा पठाएको पार्टी सचिव अर्जुनसिंह कठायत गोल्डेनले बताए।

‘पार्टीले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ ३ जना र समानुपातिक तर्फ ८ जनाको नाम रहेको छ,’उनले भने,‘प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्ष तर्फ ५ जना र समानुपातिक तर्फ १९ जनाको नाम सिफारिस गरिएको छ।

प्रदेश निर्वाचन (ख) प्रत्यक्ष तर्फ ६ जना र समानुपातिक तर्फ १२ जना नाम सिफारिस भएको काँग्रेस जुम्लाले जनाएको छ।

प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ देवेन्द्रबहादुर शाही, केन्द्रीय सदस्य कान्तिका सेजुवाल र जिल्ला पार्टी सभापति कर्णबहादुर शाहीको नाम सिफारिस गरिएको सचिव कठायतले बताए।

उनका अनुसार प्रतिनिधि सभाको समानुपातिक तर्फ गिता शाही, जयहरी आचार्य, परेकलाल धर्ती, भिमनिधि हमाल, लक्ष्मीप्रसाद आचार्य, लालबहादुर जिसी, लाल हमाल र कान्तिका सेजुवालको नाम सिफारिस गरिएको छ।

प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्ष तर्फ अर्जुनसिंह कठायत, खड्क बहादुर सेजुवाल, दिनवन्धु श्रेष्ठ, लक्षिमन बोहरा, ललितजंग शाहीको नाम सिफारिस गरिएको छ। 

समानुपातिक तर्फ उमा बुढा रावत, कार्मा बुढा, कौशिला नेपाली, गोविन्द्रबहादुर शाही, तुलबहादुर रावत, दिपक शाही, धनकृष्ण नेपाली, नेत्रकला शाही र दिलबहादुर महतको नाम सिफारिसमा परेको छ।

त्यसै गरी पुन्नकली महतारा, विरेन्द्रबहादुर मल्ल, विष्णुबहादुर सुनार, महेन्द्र कार्की, रतनसिंह बुढा, लक्ष्मी कार्मी, माया सार्की, श्रीकृष्ण कार्मी, रामकृष्ण न्यौपाने र जंगविर नेपालीको नाम समानुपातिक तर्फ सिफारिस भएको छ।

प्रदेश निर्वाचन (ख) प्रत्यक्ष तर्फ दिपबहादुर शाही, देवलसिंह रावल, पूर्णप्रसाद आचार्य, महेन्द्रनिधि हमाल, लंकबहादुर शाही र हरिकृष्ण हमालको नाम सिफारिस भएको छ।

समानुपातिक तर्फ धनबहादुर बस्नेत, अकलबहादुर शाही, उर्मिला खत्री भण्डारी, गगनबहादुर रोकाया, चक्रबहादुर शाही, नरविर रावत, छत्रबहादुर शाही, विश्वराज काफ्ले, लक्ष्मीप्रसाद आचार्य, तुंगनाथ उपाध्याय, नवराज शर्मा र रविलाल आचार्यको नाम सिफारिस भएको छ।

प्रकाशित मिति: : 2022-09-03 21:01:00

प्रतिकृया दिनुहोस्