ललितपुर–१६ वडाका संयोग कपालीले शनिबार लमजुङका विनेश खनियालाई ४–१ ले हराएर दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलको उपाधि जितेका छन्।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोगले विनेशलाई ११–१, १३–११, १६–१८, ११–९ र ११–३ ले हराउँदै उपाधि जिते। स्पिन इभेन्ट्स प्रालिद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिला एकलमा ललितपुर वडा–१२ की इभाना थापामगरले संखुवासभाकी वियन्का राईलाई ११–८, ११–७, ११–३, ८–११, ९–११, ११–५ ले हराएर उपाधि जितिन्। यसैगरी, प्रतियोगितामा रनिङ शिल्ड ललितपुर–११ वडाले हात पार्यो।
ललितपुर–११ ले दुई स्वर्ण र एक कांस्य पदक जितेको थियो। संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, अखिल नेपाल टेबलटनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य तथा स्पिन इभेन्ट्सका अध्यक्ष सुमन शाक्य र सचिव ज्याकी महर्जनलगायतले विजेतालाई पुरस्कृत गरे।