सडक कालोपत्र नहुँदा ढोरपाटन पुग्न पर्यटकलाई सास्ती

थाहा खबर

डम्मर बुढा मगर

बागलुङ : नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन पर्यटकीय हिसाबले पनि निकै चर्चित ठाउँ हो। यहाँ आन्तरिकसँगै वाह्य पर्यटकसमेत आउने गर्छन्।

विदेशी पर्यटक वर्षको दुई पटक यहाँ आउने गर्छन् भने आन्तरिक पर्यटक बाह्रै महिना पुग्ने गर्छन्। विदेशी पर्यटक असोजदेखि मंसिर र फागुनदेखि बैसाखको बीचमा सिकार खेल्नका लागि मात्र आउने गर्छन् भने आन्तरिक पर्यटक हिउँदमा हिउँ खेल्न र बर्खामा गर्मी छल्न ढोरपाटन पुग्छन्।

तर ढोरपाटन जति चर्चित छ, त्यति पर्यटक भने पुग्न सकेका छैनन्। त्यसको मुख्य कारण हो- सडक। राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्र्याक खुलेको एक दशकभन्दा बढी भइसक्दा पनि स्तरोन्नति हुन सकेको छैन।

प्रकाशित मिति: : 2022-09-12 05:47:00

प्रतिकृया दिनुहोस्