अरब देशहरूमा सम्बन्धविच्छेदको उक्लिँदो ग्राफ, तर बहुविवाह घट्दै

वर्षौंअघि अरब देशहरूमा सम्बन्धविच्छेद गरेका महिलाहरू सामाजिक तिरस्कारका लागि योग्य मानिन्थे। तर अहिले सम्बन्धविच्छेद सामान्य बन्दै गएको छ।

सन् २००० मा महिलाहरूका लागि प्रक्रिया सहज भएदेखि इजिप्टमा सम्बन्धविच्छेदको संख्या दोब्बरले बढेको छ।

जोर्डन, लेबनान, कतार र संयुक्त अरब इमिरेट्समा ३५ प्रतिशतभन्दा बढी विवाह सम्बन्धविच्छेदमा टुङ्गिन्छन्।

अरबी समाजमा सम्बन्धविच्छेदको ढाँचा फेरिएको छ। कुवेतमा झण्डै आधा विवाह टुट्छन्। पहिले पुरुषले मात्र सम्बन्धविच्छेद गर्ने गर्दथे। तर अहिले महिलाहरू नै अगाडि आएका छन्। मोरक्कोमा सम्बन्धविच्छेद गर्ने महिला र पुरुषकाे संख्या बराबरी छ।

त्यसाे त इजिप्टका समाजशास्त्री सैद सादेकले अरबमा परम्परागत रूढीवादी समाजभन्दा बाहिर गएकाे दावी गर्छन्। 'बहुविवाह घट्दै गएको छ। धेरै मुस्लिम देशहरूमा यस्ताे कार्य प्रतिबन्धित छ,' उनी भन्छन्। 

राजपरिवारबाट सम्बन्धविच्छेद गरेका महिलाहरूले पनि सार्वजनिक रुपमा श्रीमानलाई निशाना बनाइरहेका छन्।

जोर्डनका शाहकी बहिनी राजकुमारी हायाले दुबईका धनाढ्यसँग बेलायती अदालतबाट सम्बन्धविच्छेद गरेकी छन्। उनले लगतै करोड रकम पाइन्।

मध्यपूर्वका देशहरूमा सम्बन्धविच्छेद पश्चिमी देशहरूको तुलनामा धेरै कम छ।

साउदी अरबको ताबुक शहरका ३८ वर्षीय इन्जिनियरकाअनुसार तेस्रो सम्बन्धविच्छेदका लागि उनले दुई लाख अरबी रुपैयाँ मात्रै खर्च गर्नुपरेको थियो। केही इस्लामिक धार्मिक नेताहरूले सम्बन्धविच्छेदको वृद्धिलाई विश्वव्यापीकरण मान्छन्। 

एक साउदी धर्मगुरुले सम्बन्धविच्छेदको बढ्दो प्रवृत्तिलाई खतरनाक प्रवृत्तिको संज्ञा दिएका छन्। गत वर्ष साउदी अरबमा जति विवाह भएका थिए, त्यति नै सम्बन्धविच्छेद भएकाे स्राेतकाे दावी छ।

महिलाका लागि सजिलो नियम

इजिप्ट, अल्जेरिया, जोर्डन, मोरक्कोजस्ता देशमा महिलाहरूलाई सम्बन्धविच्छेद गर्न सजिलो कानून बनाइएकाे छ।

पुरानाे मान्यतालाई ताेड्दै यी देशहरूमा विवाह सामूहिक निर्णयको सट्टा व्यक्तिगत छनौट भएको मोरक्कन समाजशास्त्री सौम्या नामाने गासोस बताइन्।

आजभाेलि पहिलेजस्ताे प्रभावशाली छैनन्, धर्मगुरु र परिवारका मुखिया। रोजगारी र अन्य क्षेत्रमा महिलाको सहभागिता बढेपछि लाखौं महिलाले आर्थिक स्वाधीनता पाएका छन्। अनि स्वतन्त्र रूपमा सम्बन्धविच्छेद गर्छन्।

प्रकाशित मिति: : 2022-09-22 06:00:00

प्रतिकृया दिनुहोस्