बाबुरामलाई लिएर मनाेनयन दर्ता गर्न गाेरखा पुगे प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधि सभा सदस्यकाे लागि मनाेनयन दर्ता गर्न गाेरखा पुगेका छन्। अध्यक्ष प्रचण्ड नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेता नारायणकाजी श्रेष्ठसँग आइतबार बिहान गाेरखा पुगेका हुन्।

प्रचण्डले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा गाेरखा क्षेत्र नं. २ बाट चुनाव लड्ने घाेषणा गरेका छन्।

प्रकाशित मिति: : 2022-10-09 10:56:00

प्रतिकृया दिनुहोस्