केपी शर्मा ओलीले दर्ता गराए मनोनयन

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि  दर्ता गराएका छन्।

उनले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका हुन्।

आइतबार निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत कार्यालयमा उनी आफैं उपस्थित भएर मनोनयन दर्ता गरेका हुन्।

ओलीविरुद्ध चुनाव लड्न सत्ता गठबन्धनले नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई उम्मेदवार बनाएको छ । 
झापा- ५ बाट सत्तारुढ गठबन्धनले कांग्रेसका खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ। उनी २०७४ सालमा सोही निर्वाचन क्षेत्रमा ओलीबाट पराजित भएका थिए।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली २०४८, २०५१ को मध्यावधि र २०५६ मा झापा निर्वाचन क्षेत्र नम्बर ६ बाट निर्वाचित भएका थिए।

२०७० सालमा झापा ७ बाट संविधानसभा सदस्य निर्वाचित भएका उनी २ पटक प्रधानमन्त्री भइसकेका छन्।

प्रकाशित मिति: : 2022-10-09 12:44:00

प्रतिकृया दिनुहोस्