तिहारकाे झिलीमिली बत्ती व्यापारमा उषाकाे डेढ दशकदेखिकाे अनुभव (भिडियाे)

ममता आचार्य

काठमाडाैं

तिहार अर्थात् शुभ दीपावली नेपालीको दोस्रो ठुलो चाड हो। तिहारलाई फूल र बत्तीहरुको चाडकाे रूपमा मनाइने गरिन्छ। यो चाडमा मानिसले घर सफा र चट्ट बनाउनुका साथै विभिन्न झिलीमिली बत्तीहरू राख्ने गर्छन्।

काठमाडौं लगायतका बजारहरूमा दीपावली आउनुभन्दा केही महिनाअघि देखि नै पसलमा झिलीमिली बत्तीको चाङ लाग्न थाल्छन्। त्यस्तै विगत एक दशकभन्दा बढी समयदेखि काठमाडाैँकाे भाेटेबहालमा तिहारकाे बत्ती बेच्दै आएकी व्यवसायी हुन्, उषा खतिवडा।

उनले याे अवधिमा आफ्नाे पसलबाट विभिन्न प्रकारका झिलीमिली बत्तीहरू बेचिन। उनले यसरी व्यापार गर्दै गर्दा हरेक वर्ष विभिन्न अनुभवहरू संगालेकी छन्। सुनाैँ तिहारकाे झिलीमिली बत्तीसँग जाेडिएकाे उषा खतिवडाकाे अनुभव:

भिडियाे :

प्रकाशित मिति: : 2022-10-26 18:53:00

प्रतिकृया दिनुहोस्