सल्यानी जनताकाे विकल्प पवनराज देवकोटा

सल्यानकाे प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पवनराज देवकोटाले चुनावी अभियान तीव्र पारेका छन्। दलहरुले पटक–पटक जनतालाई धाेका दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी विकल्पसहित आएकाे उनले बताए।

‘हामीले सल्यानमा अब विकल्प छ भन्ने नारालाई व्यापक जनतामाझ पुगाएका छाैं,’ उनले भने, ‘दलीय व्यवस्थाले स्वतन्त्रताकाे नाममा बाेल्न दिनेबाहेक अरु दिएन। जनता चाैतर्फी विकास कुरिरहेका छन्। त्याे अभिभारा हामी आफ्नाे काँधमा बाेक्न तयार छाैं।’

सल्यान जिल्ला बागचाैर नगरपालिका-५, शिवरथका देवकाेटाले त्रिभुवन विश्वविद्यालयबाट शिक्षा शास्त्र र मानवशास्त्रमा स्नातकोत्तर गरेका छन् भने कानुनशास्त्रका स्नातक गरेका छन्।

राजनीतिमा सचेत युवाकाे प्रतिनिधित्व जरुरी रहेकाे बताउने उनले शिक्षा, स्वास्थ्य, राेजगारीजस्ता विषयमा राज्यले ध्यान नदिँदा जनतामा राजनीतिप्रति वितृष्णा जाग्दै गएकाे छ।

उनले भने, ‘हामी राजनीति जनताकाे सेवा हाे भन्ने मान्यतालाई स्थापित गर्न चुनावी मैदानमा छाैं। जनताले हामीलाई मत दिएर जिताएकाे खण्डमा राजनीति आशाकाे किरण हाे भनेर देखाइदिने छाैं।’

उनी लामाे समयदेखि सल्यानका बालबालिका, महिला, दलित, जनजाती, अपाङ्गता भएका व्यक्तिकाे अधिकारका लागि आफ्नाे आवाजलाई सशक्त पार्दै आएका छन्। पछिल्लो समय उनले विपद व्यवस्थापनका लागि दिलाे ज्यान दिएकाकै कारण जनतामाझ लाेकप्रिय बन्दै गएका छन्।

स्थानीय सरकारलाई नीति तथा याेजना निर्माणमा सहयोग गर्दै आएका उनी असल नीति र त्यसकाे व्यवहारिक प्रयाेगबाट परिवर्तन सम्भव हुने तर्क राख्छन्।

‘पालिका तहमा आवश्यक कानुन निर्माण कार्यमा परामर्शदाताकाे रुपमा काम गरेकाे अनुभव छ,’ उनले थपे, ‘याे अनुभव अब संसदमा प्रयाेग गरी देशका लागि चाहिने असल नीति निर्माण गर्नका लागि जनतासँग मत मागिरहेको छु।’

सामाजिक क्षेत्रमा झण्डै २० वर्ष काम गरेका उनी उमेरले युवा र अनुभवले खारिएका नेतृत्वमा पर्छन्। समाज परिवर्तनकाे बाहक युवाहरु बन्नुपर्छ भन्ने उद्देश्यका साथ प्रतिनिधि सभा सदस्यमा उमेदवारी उनी नेतृत्व जनताकाे बीचबाट तयार हुने विचार राख्छन्।

‘युवाहरुमा राजनीतिक चेत बलियाे भएन भने दलहरुले आफ्ना झाेलेबाहेक केही बताउँदैनन्,’ उनले भने, ‘अहिले नेताहरु जनतालाई धेरै पछाडि छाेडेर आफूमात्रै छलाङ मारिरहेका छन्। याे राजनीतिक संस्कार बदल्ने बेला भएकाले जनताले मत हाल्दा विचार पुर्‍याउनुपर्छ।’

प्रकाशित मिति: : 2022-11-12 09:30:00

प्रतिकृया दिनुहोस्