गोरखा–२ मा नेकपा (एमाले)बाट प्रतिनिधिसभा उम्मेदवार अब्दुस मियाँको प्रचार टोलीमाथि आक्रमण भएको छ।
आइतबार राति रिसोर्टमा खाना खाँदै गरेको टाेलीलाई एउटा अपरिचित समूहले आक्रमण गरेको उम्मेदवार अब्दुसले बताएका छन्। आक्रमणबाट होटलको टेबुल, कुर्सी तोडफोड भएको छ।
एमाले प्रदेश सचिवालय सदस्य काफ्लेको टाउकोमा सातवटा टाँका लगाएर उनलाई थप उपचारका लागि राति नै काठमाडौँ ल्याइएको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ। तीन जना घटनापछि भागेको जनाइएको छ।
‘गोरखामा हाम्रो टीममाथि खाना खाँदै गरेको अवस्थामा आक्रमण भएको छ,’ मियाँले भनेका छन्, ‘प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बाँकी ३ जना फरार भएका छन्।’
गोरखा–२ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि प्रतिनिधिसभा उम्मेदवार छन्।