बिहीबार राति १२ बजेदेखि स्थिर समय

File Photo
File Photo

निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय मंसिर १ गते राति १२ बजेदेखि सुरु हुने बताएको छ।

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थिर समय सुरु हुने भएको हो।

यस समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने उनले जानकारी दिए। केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका भण्डारीले एक भिडियो सन्देशमार्फत् उक्त जानकारी दिएका हुन्।

प्रकाशित मिति: : 2022-11-16 20:42:00

प्रतिकृया दिनुहोस्